मंगलबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

  २०७४ जेठ १६ गते १२:४५     विकासन्युज

काठमाडौं । मंगलबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सिद्धार्थ बैंक, पूर्णिमा विकास बैंक र माछापुच्छ्रे बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ५३८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ६३९ रुपैयाँ रहने भएको छ ।

त्यस्तै, नेप्सेले पूर्णिमा विकास बैंकको २५ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ३६२ रुपैयाँ रहेको छ ।

साथै, मंगलबार नै माछापुच्छ्रे बैंकको १२ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३८० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ४३३ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.