नागवेली लघुवित्तको २१ हजार कित्ता सेयर लिलामीमा, राधी विद्युतको सेयर बाँडफाँड

  २०७४ जेठ १५ गते ८:३०     विकासन्युज

काठमाडौं । नागबेली लघुवित्त विकास बैंक लिमिटेडको संस्थापक समूहतर्फको २१ हजार ८८९ कित्ता सेयर लिलामीमा राखिएको छ ।

यो बैैकले संस्थापक समूहको उक्त हकप्रद सेयर विक्री नभएपछि लिलामी गर्न लागेको हो ।

यो बैंकले यही जेठ १९ गतेबाट २६ गतेसम्म न्युतमत मूल्य एक सय रुपैयाँ कबोल गरेर सेयर आवेदन दिन सक्नेछन् । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

यस्तै राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँड भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकीत ४ लाख १० हजार कित्ता साधारण सेयरको निष्कासन गरेको थियो । प्रभावित क्षेत्रका लागि केन्द्रित भएको यो कम्पनीको सेयर बाँडफाँड भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.