हरेक आवेदकलाई कम्तिमा १० कित्ता सेयर अनिवार्य, अब आवेदकलाई खाली हात नहुने

  २०७४ जेठ १५ गते ७:३०     विकासन्युज

काठमाडौं । सेयरका लागि आवेदन दिने तर नपाउने समस्याले सर्वसाधारण लगानीकर्ता निराश भइरहेका छन्। अब भने त्यस्तो दिग्दारी खेप्नु नपर्ने भएको छ।

हरेक आवेदकले अनिवार्य रूपमा १० कित्ता सेयर पाउने भएका छन्।

नेपाल धितोपत्र बोर्डले साउनदेखि हरेक आवेदकले कम्तिमा १० कित्ता सेयर पाउने व्यवस्था गर्न लागेको हो।

बोर्डले सेयर व्यवहारिक रूपमा वितरण गर्न नसकिएको भन्दै त्यसलाई परिमार्जन गरेर कम्तिमा हरेक व्यक्तिलाई १० कित्ता दिनुपुर्ने व्यवस्था गर्न लागेको हो।

आवेदकलाई हात खाली नपठाउने नीति अनुसार यस्तो व्यवस्था गर्न लागिएको बोर्डले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.