रामकृष्णको स्वर र आलोक श्रीको संगीतमा सरु भट्टराईको ‘बाध्यता’ सार्वजनिक (भिडियोमा)

  २०७४ जेठ १४ गते १९:०२     विकासन्युज

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर, आलोक श्रीको संगीत र सरु भट्टराइको शब्द रहेका सांगीतिक एल्बम‘बाध्यता’ सार्वजनिक भएको छ ।

गीतकार सरु भट्टराई अम्गाईकोपहिलो प्रस्तुतीका रुपमा आएको बाध्यता एल्बमको‘बाध्यता छ एकातिर रहर भित्र तिमी’ गीतको म्युजिक भिडियो पनि युट्युबमार्फत सार्वजानिक गरिएको छ ।

राजेश ढकालले छायांकन गरेको म्युजिक भिडियोमागायकरामकृष्ण ढकाललाई नै देख्न सकिन्छ । गीत रेकर्डिङ गर्दा–गर्दैको अवस्थालाई भिडियोमा आकर्षक तरिकाले देखाइएकोछ ।

जेठ १० गते युटुवमा सार्वजनिक गरिएको उनको नयाँ गितले प्रेम वियोगको गहिरो भाव बोकेको छ ।
दशौं वर्षदेखि संगीत क्षेत्रमा लागिपरेका ढकालका फ्यानहरुलाई ‘बाध्यता’ एल्बम उपहार सिद्ध हुने देखिन्छन् । परिचित गायक ढकालले गीतका शब्दहरुलाइ न्याय दिएका छन् ।

भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.