साधारण सभाले पारित गरेको हकप्रद जारी गर्नै पर्ने, जनता बैंकको ६० प्रतिशत हकप्रद सेयर के हुन्छ ?

  २०७४ जेठ १४ गते १७:४३     नारायण पौडेल

काठमाडौं । सूचिकृत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धी साधारण सभाबाट गरेको निर्णय उल्टाउन नपाउने भएका छन् ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र  निष्काशन तथा बाडफाँट निर्देशिका २०७४ मार्फत हकप्रद सेयर निष्काशन गर्ने साधारण सभाको निर्णयलाई अर्काे साधारण सभाले खारेज गर्न नपाउने व्यवस्था गरेको हो ।‘एउटा साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने भनेर निर्णय गरेपछि फेरी अर्काे साधारण सभाले त्यसलाई खारेज गर्न नपाउने व्यवस्था कार्यान्वयनमा आएको छ’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले भने ।

सूचिकृत कम्पनीहरुले एउटा साधारण सभाबाट हकप्रद सेयर निष्काशनको निर्णय गरेर दोश्रो बजारमा चलखेल गर्ने र केहि समय पछि फेरी अर्काे साधारण सभाबाट अघिल्लो निर्णय खारेज गर्ने परिपाटीको अन्त्य गर्ने नयाँ व्यवस्था ल्याएको जनाएको छ । ‘एउटा साधारण सभाबाट हकप्रद सेयर जारी गर्ने निर्णय गराएर सेयरको मुल्य बढाउने अनि आफ्नो स्वार्थ पुरा भएपछि अर्काे साधारण सभाबाट खारेज गर्ने कुराले दोश्रो बजारका लगानी कर्ता अन्यायमा परेका थिए’, बोर्डका प्रवक्ता गिरिले भने ।

बोर्डको नयाँ निर्देशिका जेठ १२ गतेबाट लागु भएको हो । अब प्रश्न उठ्छ १३ गतेको बिशेष साधारण सभाबाट ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने जनता बैंकको निर्णय के हुन्छ ?  धितोपत्र बोर्डका प्रवक्ता गिरिले भने–जेठ १२ गतेदेखि निर्देशिका लागु भएको छ, त्यसपछि भएका सबै निर्णय र प्रक्रियामा यो निर्देशिका लागु हुन्छ ।’

जनता बैंकको गत फागुन १ गतको ७ औं बार्षिक साधारण सभाले गरेको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।
जेठ १२ गतेदेखि लागु भएको निर्देशिकाले जेठ १३ गतेको बिशेष साधारण सभा मार्फत ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय उल्टाउने जनता बैंकलाई छुन्छ की छुँदैन ? बजारमा चासो बढेको छ ।

यसअघि रिलायबल डेभलपमेन्ट बैंकको एउटा साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेर अर्काे साधारण सभाबाट खारेज गर्दै ग्लोबल आइएमई बैंकसँग अक्वायरमा गएको थियो । त्यस्तै, राप्तीभेरी विकास बैंकले पनि हकप्रद सेयर जारी गर्ने पुर्व निर्णय खारेज गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.