कैलाश विकास बैंकका नयाँ कार्यकारी प्रमुख अमृतचरण श्रेष्ठद्वारा पदभार ग्रहण

<p>काठमाडौं । कैलाश विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा अमृतचरण श्रेष्ठ नियुक्त भएका छन् । नवनियुक्त श्रेष्ठले आइतबार बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका छन् । बैंकको संचालक समितिको बैठकले जेठ १४ गते देखि लागु हुने गरी चार वर्षको लागि श्रेष्ठलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नयाँ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँग [&hellip;]</p>

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा अमृतचरण श्रेष्ठ नियुक्त भएका छन् । नवनियुक्त श्रेष्ठले आइतबार बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका छन् ।

बैंकको संचालक समितिको बैठकले जेठ १४ गते देखि लागु हुने गरी चार वर्षको लागि श्रेष्ठलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नयाँ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँग नेपालका बिभिन्न वाणिज्य बैंकमा करिव ३० वर्ष कार्य गरेको कार्यानुभव रहेको छ ।

Share News