छ्याङ्दी हाइड्रोको ५ लाख ४० हजार कित्ता साधारण सेयरको बिक्री खुला, कहाँ कहाँबाट आवेदन भर्ने ?

  २०७४ जेठ १४ गते १३:१७     विकासन्युज

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ५ लाख ४० हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले जेठ १४ गते(आइतबार) बाट १०० रुपैयाँ दरका सो मात्राको सेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० हजार ८०० कित्ता साधारण सेयर कर्मचारीहरुको लागि सुरक्षित गरेको छ । साथै, २७ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोष र बाँकी ५ लाख २ हजार २०० कित्ता सर्वधारणमा निष्काशन गरेको कम्पनीले जनाएको छ ।

सर्वसाधारणले सेयरका लागि कम्तिमा ५० कित्ता र बढिमा २७०० कित्तासम्मका लागि आवेदन दिन सक्छन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ ।

जेठ ११ गतेदेखि निष्काशन गरिएको उक्त सेयरको बिक्री छिटोमा जेठ १८ गते र ढिलोमा जेठ २८ गते बन्द हुने कम्पनीले जनाएको छ ।

सो मात्राको साधारण सेयरको लागि इच्छुक सर्वसाधारणले निम्न ठाँउबाट आवेदन भर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.