नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा श्रेष्ठ नियुक्त

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा सुरेश मान श्रेष्ठ नियुक्त भएका छन् । नेपाल सरकारका पूर्व सचिव श्रेष्ठलाई जेठ ८ गतेदेखि लागू हुनेगरि महासंघको महानिर्देशकमा नियुक्त गरिएको हो । श्रेष्ठले विज्ञान र जनप्रशासन विषयमा स्नातकोत्तर र नेदरल्याण्डबाट वातावरण व्यवस्थापनमा पोष्ट ग्राजुएट गरेका छन् । विभिन्न बैठकहरुमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका श्रेष्ठको अनुभवबाट आर्थिक व्यवसायिक [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा सुरेश मान श्रेष्ठ नियुक्त भएका छन् । नेपाल सरकारका पूर्व सचिव श्रेष्ठलाई जेठ ८ गतेदेखि लागू हुनेगरि महासंघको महानिर्देशकमा नियुक्त गरिएको हो ।

श्रेष्ठले विज्ञान र जनप्रशासन विषयमा स्नातकोत्तर र नेदरल्याण्डबाट वातावरण व्यवस्थापनमा पोष्ट ग्राजुएट गरेका छन् । विभिन्न बैठकहरुमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका श्रेष्ठको अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने महासंघको विश्वास रहेको छ ।

Share News