जनता बैंकले सिद्धार्थ डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित, चुक्ता पूँजी ६ अर्ब नाघ्ने

  २०७४ जेठ १२ गते १६:४६     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गर्नेे प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न सिद्धार्थ डेभलपमेण्ट बैंकको विशेष साधारण सभाले पारित गरेको हो ।

साथै, दुबै संस्था एक्विजिशन पश्चात जनता बैंक नेपालको नामबाट एकिकृत कारोवार शुरु हुने छ । उक्त एक्विजिशन पश्चात बनेको जनता बैंक नेपालको स्वाप रेसियो एक बराबर एक रहेको बैंकले जनाएको छ ।

एकिकृत कारोवार पश्चात जनता बैंक नेपालको चुक्ता पूँजी ६ अर्ब ०६ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । सिद्धार्थ डेभलपमेण्ट बैंकले निश्कासन गरेको ६० प्रतिशत हकप्रद शेयर बापतको रकम ८५ करोड १५ लाख रुपैयाँ बिक्री पश्चात बैंकको कुल शेयर पूँजी जम्मा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, एकिकृत कारोवार पश्चात जनता बैंक नेपाल लि.ले चालु आ.ब.को नाफाबाट नेपाल राष्ट्र बैंकको निर्देशनुसारको ८ अर्ब रुपैयाँ चुक्ता पूँजी सजिलै पुग्ने बैंकको दावी छ ।

साथै सभाले ६ सदस्यीय संचालक समितिको निर्वाचन पनि सम्पन्न गरेको छ । जस अनुसार नवगठित सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट राम बहादुर भण्डारी , रतन लाल अग्रवाल र उद्धव चन्द्र गौतम तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट अर्जुन कुमार भट्टराई, बद्री खनाल र एनपीसिएम इण्भेष्टमेण्ट प्रा.लि. को निर्विरोध चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.