देवः विकास बैंकको साढे ३ लाख कित्ता सेयर लिलामीमा, जेठ २८ देखि साउन १ भित्र वोलपत्र पेश गर्नुपर्ने

  २०७४ जेठ १२ गते ८:११     विकासन्युज

काठमाडौं । देवः विकास बैंक लिमिटेडले ३ लाख ५६ हजार २९७ कित्ता संस्थापक सेयरको लिलामी विक्री गर्ने भएको छ ।

यो बैंकले गत माघ ९ देखि फागुन २७ गतेसम्म खुला गरेको हकप्रद सेयर विक्रीमा आवेदन नपरेका संस्थापक सेयर शिलबन्दी वोलपत्रबाट विक्री गर्ने भएको छ ।

यो बैंकले आगामी असार १ गतेभित्रै यसको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्समार्फत इच्छाएको सेयरको आवेदन दिन आग्रह पनि गरेको छ ।

प्रति सेयर कम्तिमा १ सय रुपैयाँका दरले यसको न्युनतम १ सय कित्तादेखि सबै सेयरको लागि पनि आवेदन दिन सकिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.