एनआईसी एशिया बैंकको सहायक कार्यकारी प्रमुखमा न्यौपाने र पाण्डे नियुक्त

<p>काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा रोशन कुमार न्यौपाने तथा सुधिर पाण्डेलाई नियुक्त गरेको छ । सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुुन् । उनी करिब १० वर्ष अगाडी आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका छन् [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा रोशन कुमार न्यौपाने तथा सुधिर पाण्डेलाई नियुक्त गरेको छ ।


सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुुन् । उनी करिब १० वर्ष अगाडी आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका छन् । न्यौपाने बैंकिङ क्षेत्रमा नवीनतम प्रणालीको प्रयोग गर्दै यस क्षेत्रलाई नयाँ उचाईसम्म पुर्याउनु पर्छ भन्ने मान्यता राख्दछन् ।

त्यसै गरी २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर पाण्डेले विभिन्न बैंकहरु तथा यस बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् ।

लामो बैंकिङ अनुभव सम्हालेका एवं कुशल व्यवस्थापक सुधिर पाण्डे तथा बैंकिङ क्षेत्रको सर्वाङ्गिण विकासको लागि अन्तराष्ट्रिय मान्यताहरु र नविनतम सोचहरु नेपालको बैंकिङ क्षेत्रमा भित्र्याउन दक्ष एवं कुशल रणनीतिक योजनाकार रोशन कुमार न्यौपानेको कार्य संयोजनले बैंकले उल्लेखनीय प्रगति हासिल गर्ने अपेक्षा गरिएको छ ।

Share News