एन.आइ.डी.सी. डेभलपमेन्ट बैंक प्राप्ति गर्ने राष्ट्रिय वाणिज्य बैंकको निर्णय, ९ महिनामा २ अर्ब ७ करोड नाफा

  २०७४ वैशाख २६ गते १९:३१     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एघारौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले एन.आइ.डी.सी. डेभलपमेन्ट बैंक लि.लाई राष्ट्रिय वाणिज्य बैंकले प्राप्ति गर्ने विशेष प्रस्ताब र आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारणसभालाई सम्बोधन गर्दै बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र नेपालका बैंंकहरु मध्ये १ नम्बरको बैंक बनाउने प्रतिबद्धता ब्यक्त गरे । साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था, वित्तीय क्षेत्र कार्यक्रम यता हासिल गरेको उपलब्धि तथा भावी योजनाको बारेमा आफ्नो धारण गरेका थिए ।

बैंकको हाल ६८ जिल्लामा १७४ वटा शाखा कार्यालय, १०६ वटा एटिएम, ८४ वटा शाखा रहित बैंकिङ्ग र ६७ वटा शाखाहरुबाट सरकारी कारोबार हुंदै आइरहेको उनले बताए । द्वन्द्वकालमा गाभिएका शाखाहरुमध्ये बैंकले हाल ५४ वटा शाखा कार्यालयहरु पुर्नस्थापना गरिसकेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ३५ अर्व निक्षेप संकलन गरी १ खर्व १ अर्व कर्जा लगानी गरि २ अर्व ७ करोड खुद मुनाफा क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.