स्ट्याण्डर्ड चार्टर्ड बैंकमा तपाईको सेयर कति पर्यो ? यहाँ हेर्न सक्नुहुन्छ

  २०७४ वैशाख २६ गते ११:०२     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको एफपीओ सोमबार बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार १० कित्ता देखि १४० कित्तासम्म सेयर आवेदन गर्नेलाई चिठ्ठा प्रणालीबाट बाँडफाँड गरिएको छ ।

उनीहरुमध्ये प्रति आवेदक १० कित्ता सेयर पाएका छन् । साना लगानीकर्ताबाट १ लाख ३३ हजार ३६६ जनाले १०/१० कित्ताको अनुपातमा सेयर पाएका छन् ।

१५० कित्ता भन्दा बढी आवदेन गर्नेले मागको ६.३८ प्रतिशत सेयर पाएको छन् । प्रक्रिया पुरा नगरी वा गलत प्रक्रियाबाट आवेदन गर्ने ४ हजार २९२ आवेदन रद्द गरिएको छ ।

पूर्ण विवरणका लागि यहाँ क्लिक गरी  एक्सेल फाइल डाउनलोड गर्न सकिने छ । यस फाइलबाट आफ्नो डिम्याट एकाउन्ट नम्बरका आधारमा आफूलाई परेको सेयर हेर्न सकिन्छ । प्रक्रियामा रद्द भएको सेयर आवदकको पनि पूर्ण जानकारी लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.