सगरमाथा इन्स्योरेन्सका सञ्चालक ओम कृष्णको राजीनामा

  २०७४ वैशाख २५ गते १५:११     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्सका सञ्चालक ओमकृष्ण जोशीले  राजीनामा दिएका छन् । वैशाख १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीको राजीनामा स्वीकृत गरेको हो ।

जोशीले बोर्डमा साधारण सेयरधनीको प्रतिनिधित्व गरेका थिए । जोशीले बैशाख २० गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी नयाँ ऐनले बैंक र बीमा कम्पनीमा एउटै व्यक्ति सञ्चालक हुन नपाउने व्यवस्था भएकोले उनले राजीनामा गर्नु परेको कम्पनी स्रोतले बतायो । जोशी सनराईज बैंकमा सञ्चालक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.