प्रभु इन्स्योरेन्समा भट्टचन र पौडेलकाे राजीनामा

  २०७४ वैशाख १९ गते १६:३९     विकासन्युज

देविप्रकाश भट्टचन

दक्ष पौडेल

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष देविप्रकाश भट्टचन र सञ्चालक दक्ष पौडेलले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष भट्टचनले सञ्चालक पदमा समेत नरहने गरी राजीनामा दिएका छन् ।

कम्पनी स्रोतका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (वाफिया) मा एउटै व्यक्ति बैंक र इन्स्यारेन्स दुबैमा सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था भएकोले दुबै जनाले राजीनामा दिएका हुन् । भट्टचन प्रभु बैंकमा अध्यक्ष छन् भने पौडेल प्रभु बैंकमा सञ्चालक छन् ।

केही दिनअघि प्रभु इन्स्योरेन्सका सञ्चालक कुशुम लामाले प्रभु बैंकको सञ्चालक पदबाट राजीनामा दिएका थिए । बैशाख २० गते तय भएको प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले दुई जना सञ्चालक नियुक्त गर्नुको साथै अध्यक्ष पनि चयन गर्ने योजना रहेको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.