जनता बैंकले ल्यायो गौतम वुद्ध बचत खाता, बार्षिक ८ प्रतिशत ब्याज दिने

  २०७४ वैशाख १५ गते ११:१८     विकासन्युज

काठमाडौं । जनता बैंक नेपालले गौतम बुद्ध बचत खाता नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । न्यूनतम १०० मै खाता खोल्न सकिने गौतम वुद्ध बचत खातामा निक्षेप कर्ताले वार्षिक ८ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन ।

यसबाट सर्वसाधारणहरु बचत गर्न प्रोत्साहित हुने तथा उच्चतम ब्याजदरबाट लाभान्वित हुने बैंकले दावी गरेको छ । साथै, बैंकले सार्वसाधारणका लागि विभिन्न अवधिका मुद्दती खाताहरुमा वार्षिक १२ प्रतिशत ब्याजदर प्रदान गर्दै आएको छ ।

४ अर्ब ७२ करोड चुक्तापूँजी रहेको यस जनता बैंक नेपाल लिमिटेडले पूर्वमा ताप्लेजुङ्गदेखि पश्चिममा दार्चुलासम्म देशका ग्रामीण तथा शहरी क्षेत्रमा रहेका ६७ वटा शाखा कार्यालय, ४ वटा सीमित बैंकिङ्ग इकाइ र १९ वटा ब्रान्चलेस बैंकिङ इकाइ मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.