गोर्खाज फाइनान्सको ५० प्रतिशत हकप्रद सेयर निष्काशन, आवेदन गर्ने अन्तिम म्याद असार ४ गतेसम्म

  २०७४ वैशाख १४ गते ८:२२     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सले २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । फाइनान्सले ५० प्रतिशत अर्थात २ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । बैशाख १९ गतेसम्म सेयर किन्नेले हकप्रद सेयर लिन पाउने फाइनान्सले जनाएको छ ।

फाइनान्सले हकप्रद सेयरका लागि जेठ १ गतेदेखि असार ४ गतेसम्म आवेदन खुला गरेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल, गोर्खाज फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार, शाखा कार्यालयहरु बौद्ध, न्यूरोड, सातदोबाटो, सूर्यविनाएक, धरान, इटहरी, दमक, विर्तामोड, नारायणगढ जनागलबाट सेयर आवेदन गर्न सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ८६ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ हुनेछ । यस कम्पनीको प्रतिसेयर नेटवर्थ करिव १५० रपैयाँ छ भने प्रतिकित्ता करिब २९० रुपैयाँमा नेप्सेमा सेयर कारोबार भईरहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.