फैलँदो कफी कल्चरबाट उत्साहित बन्दै किसान र कफी व्यवसायी

  २०७३ चैत १८ गते १३:५७      वरुना वस्नेत

काठमाडौं । नेपाली जनजीवनमा कफी सेवन सोखको रुपमा विकासित भैरहँदा बजारमा पनि कफी व्यवसाय एकदमै फस्टाएको छ । व्यापारमा कफिको मात्रा बढेसँगै कफीको व्यवसायीक खेतिप्रति पनि किसानहरु आकर्षित भएका छन ।

नेपालमा कफी कल्चर भित्र्याउने श्रेय हिमालयन जाभालाई जान्छ । यसको स्थापना १९९९ मा काठमाडौंमा भएको थियो । व्यवसायी गगन प्रधानले कमलादी स्थित हेरिटेज प्लाजामा रातो सटर भाडामा लिएर करिब ४० सिट क्षमताको हिमालयन जाभा कफी सप खोलेका थिए ।

त्यसपछि पहिलो ब्रान्च सन २००४ मा काठमाडौं गेष्ट हाउस ठमेलमा खोले । हाल उपत्यकामा १६ वटा र पोखरा तथा चितवनमा पनि शाखा छन । कफी पिउन गएका कविता बरालका अनुसार त्यहाँ कफी पिउन जानेहरुका लागि ३० मिनेट वाइफाइ सेवा निःशुल्क छ । हालै बजारमा नेपालीमा उत्पादन गरिएका कफिहरुको बढि प्रयोगमा आएका छन । प्रयोगमा आउनुको साथसाथै कफि खेति पनि निकै फस्टाएको छ । अभिनास प्रयासका अनुसार अहिले लगभग २००० जनाले एउटा कफि सपमा दैनिक कफिको स्वाद चाख्छन् ।

कफी पिउने प्रचलन चीनबाट सुरु भएसँगै अहिले संसारभर व्यापक छ । संसारभर कफि पिउनेको आकर्षण संगै नेपालमा पनि कफि पिउनुलाई शौखको रुपमा लिने भएकोले यस प्रतिको आकर्षण नयाँ पुस्तादेखि हेरेक पुस्तामा देख्न सकिन्छ । कफि पिउँदा फ्रेस भइने इनर्जी दिने र पिउने वित्तिकै प्रतिक्रिया पाइने हुदा यस प्रति आकर्षण बढेको हो । नेपालमा गर्मी तथा जाडो दुबै मौसममा कफिको ब्रिक्रिा समान हुने गरेको कफि व्यवसाय प्रयासले बताएका छन ।

नेपालमा कफी प्रतिको आर्कषण सँगै नेपाली बजारमा केहि कफीका प्रकारहरु प्रसिद्ध रहेका छन । जसमध्ये हिमालयन जाभा र क्यापाचिनो प्रसिद्ध छन् । नेपालमा हाल कफीको व्यसायीक खेति काभ्रे, नुवाकोट ,गुल्मी, पोखरा लगाएतका जिल्लाहरुमा रहेका छ । कफी उत्पादनसँगै यसको प्रयोग ६ महिना देखि एक वर्ष भित्र गरिसक्नु पर्ने कफी व्यवसायी विष्णु पराजुलीले बताए । यसरी उत्पादन गरीएका कफीको माग वढे सँगै कफि कल्चर पनि बढेको छ ।

(प्रशिक्षार्थी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.