हुण्डाईको नयाँ वर्षे योजना सार्वजनिक, शुन्य प्रतिशत ब्याजमा गाडी किन्न पाइने

  २०७३ चैत १७ गते १२:४८     विकासन्युज

काठमाडौं । हुण्डाई मोटर्सकालागी नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाली नयाँ वर्ष २०७४ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक हप्ता भित्रनै शुन्य प्रतिशत ब्याजमा फाइनान्सिङ्ग सुबिधा पाउनेछन् ।

यस योजनाले ग्राहकहरु माझ राम्रो प्रतिकृया प्राप्त गर्ने कम्पनीको विश्वास रहेको छ । सम्पूर्ण हुण्डाई गाडीहरु ४ वर्ष निःशुल्क सर्भिसीङ्ग र तीनवर्ष वारेन्टी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १६ शोरुमहरु तथा १७ वटा सर्भिस सेन्टरमार्फत् ग्राहकहरुलाई सुविधा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.