मोटोपन घटाउन चिनी कर लागू हुँदै, यस्ता छन् धेरै चिनीले लग्ने राेगहरू

  २०७३ चैत १६ गते ९:२१     विकासन्युज

काठमाडाैं । बेलायती सरकारले बढ्दो मोटोपन कम गर्न सन् २0१८ देखि लागू हुने गरी गुलियोयुक्त पेयमा चिनी करको घोषणा गरेको छ । बढ्दो मोटोपन, खासगरी बालबालिकाहरूलाई यस्तो पेय पिउन कम गर्नका लागि चिनी कर प्रत्येक एक लिटरमा २४ पेन्स (पैसा) हुने भएको छ । मोटोपन यही रूपमा वृद्धि हुँदै गएमा बेलायती स्वास्थ्य सेवा नै टाट पल्टने कुराको चेतावनी विज्ञहरूले पहिले नै दिएका छन् ।

चिनी करबाट बेलायतमा वार्षिक ५0 करोड पाउन्डभन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको छ । जुन रकम स्कुलको खेलकुदमा खर्च गरी बालबालिकाहरूको क्रियाशीलतालाई अरू बढाउने योजना बनाइएको छ । यसरी मोटोपन कम गर्ने लक्ष्य राखिएको छ । चिनी कर लगाउने पहिलो देश मेक्सिकोमा यसपछि चिनीयुक्त पेयको उपभोग १२ प्रतिशत कम हुनुको साथै पेय तथा अन्य खाना बनाउँदा पनि चिनीको कम प्रयोग गरिएको एक तथ्यांकले जनाएको छ । यसको सीधा असर मानिसको स्वास्थ्यसँग जोडिएको छ ।

धेरै चिनी मौन घातक

एक तीन सय ३0 मिलिलिटरको क्यान कोलामा करिब ३५ ग्राम चिनी (७ टेबल चम्चा ) हुन्छ । एउटा मार्सबार चकलेटमा ३३ ग्राम चिनी हुन्छ । यी दुवै एक महिलाले एक दिनमा खान सुझाव दिइएको चिनीभन्दा बढी हुन आउँछ । एक पुरुषलाई एक दिनमा ३७.५ ग्राम (नौ टेबल चम्चा ) र महिलालाई २५ ग्राम (६ टेबल चम्चा) भन्दा बढी नखानु भन्ने विज्ञहरूको सुझाव छ । चाहिनेभन्दा बढी चिनी खानु स्वास्थ्यका लागि उपयुक्त नभएको कुरा अनेक अनुसन्धानले प्रमाणित गरेको छ ।नुन र उच्च रक्तचाप सँगसँगै चिनी मौन घातकको रूपमा आएको छ ।

सन् २00८ मा गरिएको अध्ययनमा बढी फ्राकटोज (फलफूल र वनस्पतिबाट पाइने गुलियो जुन पचाउँदा सीधा रक्त कोषिकामा जान्छ) खानाले लेप्टिन प्रतिरोधको अवस्थासँग जोडिएको छ । लेप्टिन भनेको एउटा हार्मोन हो जसले खाना खाँदा पुगेको संकेत दिन्छ । हाम्रो समस्या चाहिँ दिमागले पुग्यो भनेर दिएको सूचनालाई बेवास्ता गर्छौं । धेरै बेवास्ता भएपछि कोही व्यक्तिहरूमा लेप्टिनले कार्य गर्न चाहँदैन । त्यसो भएपछि शरीरलाई खाना पुगेको भन्ने संकेतको कार्य नभएपछि सधैं धेरै खानुपर्ने भयो । जसले मोटोपन धेरै बढाउने भयो । यस्तो मोटोपन बढ्नु कुनै लक्षणहरू या चेतावनीको घन्टी नै बज्छ । चाँडै धेरै वजन बढ्छ भने सायद फ्राकटोजले कति भन्ने लेखाजोखा गर्नु उपयुक्त हुन्छ ।

अधिक चिनीले ल्याउने जोखिम

चिनीले खासगरी भुँडी ठूलो बढाउने कार्य गर्छ । पार्क, स्कुल आदिमा बालबालिका देखेर मोटोपनको अनुमान गर्न सकिन्छ । यी सबै मोटोपनमा बढी देखिने ठूलो भुँडी हो । यसको मुख्य कारण फ्राकटोज बढी भएको खानाले गर्दा हो । फ्राकटोज भनेको खाना तथा फलफूलमा पाइने एक किसिमको चिनी हो । सन् २0१0 मा गरिएको अध्ययनले ग्लुकोज नभई बढी फ्राकटोज भएको खानाले भिसरिएयल फ्याटमा हुने कोषलाई परिपक्व बनाउने कारण बन्छ, जसले ठूलो भुँडीलाई अरू बढाउँछ । ठूलो भुँडीले मुटुरोग, बाथ, उच्च रक्तचाप, क्यान्सर र मधुमेहको जोखिम बढाउँछ ।अमेरिकी मुटु संघले सन् २0१३ मा गरेको अध्ययन अनुसार चिनीले रगत पम्प गर्ने मुटुको क्षमतालाई प्रभाव पार्न सक्ने प्रमाण देखाएको छ ।

राम्रोसँग रगत मुटुले पम्प नगरे हार्ट फेलियरको जोखिम प्रबल रूपले बढ्छ । अध्ययनले चिनी तथा स्ट्राचमा हुने मोलिक्युल जसलाई ग्लुकोज मेटाबोलाइट ६ फोस्फेट भनिन्छ, जसले मुटुको मांसपेशीमा हुने प्रोटिनलाई बदल्ने कार्यको जिम्मेवारी लिन्छ । यस बदल्ने क्रियाले हार्ट फेलियरको कारक बन्न सक्छ । हार्ट फेलिएर भएका करिब आधा बिरामी पाँच वर्षभित्र मर्नसक्ने तथ्यांक छ ।

चिनी क्यान्सरमा पनि जोडिएको छ । पोषणको क्षेत्रमा चिनीको कुरा गर्दा इन्सुलिनलाई अलग राख्न गाह्रो पर्छ । किनभने इन्सुलिन कोषहरूमा चिनीको सानो हेरचाह गर्छ । धेरै खाइयो या हाम्रो इन्सुलिनले कार्य गरेन भने शरीरले विद्रोह गर्छ । इन्सुलिन प्रतिरोध र क्यान्सरसँग जोडिएको धेरै अध्ययनले जनाइसकेको छ ।

आन्द्रामा हुने हार्मोन जीआईपीलाई चिनीले बढाउने काम गर्छ । जीआईपीलाई बी केटनिन भन्ने प्रोटिनले नियन्त्रण गर्छ जुन पूरै चिनीको लेबलसँग भर पर्छ । यस्तो भएपछि प्यानक्रियाजले इन्सुलिन बढी निकाल्छ । अनुसन्धानले देखाएको छ कि केटनिनले कोषको क्यान्सर हुने प्रबलतालाई बढाउन सक्छ।

चिनीले रगत पम्प गर्ने मुटुको क्षमतालाई प्रभाव पार्छ । राम्रोसँग रगत मुटुले पम्प नगरे हार्ट फेलियरको जोखिम प्रबल रूपले बढ्छ ।

अरू अध्ययनले धेरै चिनी र स्ट्राचले स्तन र नितम्ब क्यान्सरको सम्बन्ध भने नकारात्मक देखाएको छ । हालै गरिएको अध्ययनमा घ्रेलिन हार्मोन परिवर्तन हुने व्यक्तिमा बढी चिनी खाने बानी देखिएको छ । घ्रेलिन भन्ने हार्मोनले दिगागलाई भोक लागेको बारे भन्छ । घ्रेलिन वंशाणुगतसँग पनि जोडिएको छ । चिनी र मदिरा दुवैको कलेजोलाई टक्सिक गर्ने असर उस्तै हो । चिनीले मदिराले बढाएको रोगलाई अरू बढी जोखिम बढाउने काम गर्छ ।

दिमागलाई भार

चिनीले दिमागको पावरलाई कम गर्न सक्छ । सन् २00९ मा गरिएको अध्ययनले ग्लुकोज खाँदा कोषहरू बूढो हुने बीच सकारात्मक सम्बन्ध रहेको पाइएको छ । कोष बूढो हुँदै जाँदा चाउरी पर्नेदेखि अरू खतरनाक रोगको कारक बन्न पनि सक्छ । तर, डरलाग्दो के छ भने बढी चिनी खानाले दिमाग चाँडै बूढो हुने प्रमाण देखिएको छ । जसले गर्दा स्मरण शक्ति कम हुनुको साथै अन्य रोगको सिकार बन्ने प्रबल जोखिम बढ्छ । दाँतमा कीरा लाग्नुलगायत अनेक स्वास्थ्यका जोखिमहरू बढी चिनीको उपभोगबाट हुन सक्छ ।

धेरै खानामा चिनी लुकाइएको हुन्छ । त्यसैले कुन खानामा कति चिनी छ, जानकारी राख्नुपर्छ । आफूले खाने चिनीको लेखाजोखा राखेर यसको अधिक सेवनलाई कम गर्न सकिन्छ । अत्यधिक चिनीको सेवनले आयु कम हुन्छ । सन् २0१३ मा गरिएको अध्ययनले संसारमा एक लाख ८0 हजार मानिस हरेक वर्ष अकालमा मर्ने कारण बढी चिनी खानाले भनेर जनाएको छ ।

चिनीले मोटोपनको वृद्धि गराएको छ । चिनीले प्रशस्त ऊर्जा दिन्छ तर यसले पेट भरिएको संकेत फाइबरयुक्त खाना, प्रोटिनले जस्तो दिँदैन । यो महत्वपूर्ण हो कि दूधबाट आउने चिनी ल्याक्टोज र फलफूलबाट आउने चिनी र फाइबरले शरीरलाई फाइदा गर्छ । यो ठिक्कको परिणाममा खानुपर्छ ।

त्यसकारण बढी चिनी उपभोगलाई कम गरी यसबाट हुने रोगको जोखिमलाई कम गर्ने पहल गर्नु नै बाञ्छनीय हुन्छ । यसको सुरुवात जस्तै चियामा चिनी कम गर्ने, चकलेट, मिठाई कहिलेकाहीँ ठिक्कको परिणाममा मात्र खाने, फिजी पेयलाई लगाम लगाउने आदि गर्नाले मोटोपनलगायत माथि उल्लेख गरिएको रोगको जोखिम कम गर्न सकिन्छ । एउटा सानो जीवनशैली परिवर्तनले ठूलो स्वास्थ्य लाभ हुन सक्छ । (अन्नपूर्ण पाेष्टबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.