२०७३ चैत ६ गते १८:०२ विकासन्युज
काठमाडौं । बैंक अफ काठमाण्डूको अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । चैत ४ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । श्रेष्ठ यसअघि लुम्बिनी बैंकको अध्यक्ष थिए । उनी पर्यटन क्षेत्रमा विस्तापित व्यवसायी हुन् ।
गत बिहीबार बसेको बैंककाे २२औँ वार्षिक साधारणसभाले कम्पनीको संस्थापक लगानीकर्ताको तर्फबाट सञ्जयबहादुर शाह, केदारनाथ गौतम, प्रकाश श्रेष्ठ र राधेश पन्त गरि चार जनालाई सञ्चालक समितिको नयाँ सदस्यमा नियुक्त गरेको छ ।
साथै, उक्त सभाले कम्पनीको साधारण लगानीकर्ताको तर्फबाट डा. प्रेम हेमराज सुबेदी, गोबिन्दप्रसाद शर्मा रेग्मी, सौरभ केसी र मदनलाल जोशीलाई सञ्चालक समितिको नयाँ सदस्यमा नियुक्त गरेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.