स्ट्याण्डर्ड चार्टर्डको एफपिओ भर्ने आज अन्तिम दिन, तीन दिनमा १० अर्बको आवेदन

<p>काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओमा तीन दिनमै १० अर्ब रुपैंयाँको आवेदन परेको छ । चैत १ गतेबाट सार्वजनिक निष्काशन भएको एफपिओमा चैत ३ गते साँझसम्ममा ७२ हजार आवेदकले १० अर्ब ६ करोड रुपैयाँ बराबरको दिएका हुन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार तेस्रो दिन मात्रै ६ अर्ब २० करोड रुपैंयाँको सेयर माग्दै ५० हजार [&hellip;]</p>

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओमा तीन दिनमै १० अर्ब रुपैंयाँको आवेदन परेको छ । चैत १ गतेबाट सार्वजनिक निष्काशन भएको एफपिओमा चैत ३ गते साँझसम्ममा ७२ हजार आवेदकले १० अर्ब ६ करोड रुपैयाँ बराबरको दिएका हुन् ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार तेस्रो दिन मात्रै ६ अर्ब २० करोड रुपैंयाँको सेयर माग्दै ५० हजार आवेदन परेका छन् । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा साधारण सेयर निष्काशन गरेको हो ।

बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेको छ । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्ता सेयर खरिदको लागि आवेदन गर्न सकिनेछ । बैंकले चैत १ गतेदेखि एफपिओ निष्काशन गरेको थियो र आज आवेदन दिने अन्तिम दिन हो ।

Share News