२०७३ चैत ३ गते १८:४९ विकासन्युज
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट सेयरधनीहरुलाई १४ दशमलब ६५ प्रतिशत सेयर लाभांश दिने भएको छ । बिहीबार सम्पन्न कम्पनीको छैटौं साधारणसभाले सेयरधनीलाई १३.९५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने बैंकको प्रस्तावलाई पारित गरेको हो ।
साथै, उक्त सभाले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । चालू आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकको कूल निक्षेप ३८ अर्ब ५२ करोड रुपैंया र कर्जा ३४ अर्ब १ करोड रुपैंया पुगेको छ । सो अवधिमा बैंकले ३७ करोड ९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
हाल बैंकले ३९ वटा शाखा, १ एक्सटेन्सन काउण्टर, ४७ वटा एटिएम मेसिनहरु तथा ५८ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरुबाट बैंकिङ्ग सेवा दिँदै आइरहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.