२०७३ चैत ३ गते १४:३४ विकासन्युज
काठमाडौं । नेपाल बंगलादेश बैंकको चैत १७ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई ८० प्रतिशत (अर्थात १० बराबर ८ को अनुपातमा) हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य बैंकको सञ्चालक समितिको बैठकले गरेको हो ।
बैंकले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ ।
हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ७ अर्ब २२ करोड रुपैयाँ नाग्ने छ । पछिल्लो समय बैंकको सेयर मूल्य प्रतिकित्ता ६५१ रुपैयाँ रहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.