७ लाख ५८ हजार कित्ता सेयर लिलामीमा

  २०७३ चैत ३ गते १२:२२     विकासन्युज

काठमाडौं । सेयर बजारमा कुल ७ लाख ५८ हजार ९४ कित्ता सेयर लिलामीमा आउने भएका छन् । हिमालयन बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक र मेगा बैंक नेपाल गरि तीन कम्पनीले सो मात्राको सेयर यस महिनामै लिलामी गर्ने भएका छन् ।

हिमालयन बैंकले चैत १० गतेदेखि १६ गतेसम्म १ लाख ४५ हजार ५८० कित्ता साधारण हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले गत कात्तिकमा निष्काशन गरेको हकप्रद बिक्री नभएको सेयरको लिमामी गर्न लागेको हो ।

ईच्छुक लगानीकर्ताले बैंकको सेयर बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल नयाँ बानेश्वरबाट चैत १० गतेदेखि १६ गतेसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले संस्थापक सेयरमा न्युनतम एक हजार कित्ता तथा सर्वसाधारणमा एक सय कित्तादेखि अधिकतम कित्ताको लागि आवेदन गर्न सक्नेछन् । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५८ रुपैयाँ रहेको छ ।

त्यस्तै, वेष्टर्न डेभलपमेन्ट बैंकले पनि चैत १३ गतेदेखि २० गतेसम्म सर्बसाधारण र संस्थापक गरि २ लाख २५ हजार ६३५ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले ६२ हजार १३४ कित्ता साधारण हकप्रद सेयर र १ लाख ६३ हजार ५०१ कित्ता संस्थापक सेयर बेच्न लागेको हो ।

बैंकले गत मंसिरमा निष्काशन गरेको हकप्रद बिक्री नभएको सेयरको लिलामी गर्न लागेको हो । ईच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रवन्धक प्रभु क्यापिटल कमलादीबाट चैत १३ गतेदेखि २० गतेसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले संस्थापक सेयरमा न्युनतम एक हजार कित्ता तथा सर्वसाधारणमा एक सय कित्तादेखि अधिकतम कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।

त्यसैगरि, मेगा बैंक नेपालले पनि चैत १३ गतेदेखि २० गतेसम्म साधारण हकप्रद र संस्थापक गरि ३ लाख ८६ हजार ८८२ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले २ लाख १७ हजार ८९० कित्ता साधारण हकप्रद सेयर र १ लाख ६८ हजार ९९२ कित्ता संस्थापक सेयर बेच्न लागेको हो ।

बैंकले गत साउनमा निष्काशन गरेको हकप्रद बिक्री नभएको सेयरको लिलामी गर्न लागेको हो । ईच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्सालबाट चैत १३ गतेदेखि २० गतेसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले संस्थापक सेयरमा न्युनतम एक हजार कित्ता तथा सर्वसाधारणमा एक सय कित्तादेखि अधिकतम कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.