सप्तकोशी डेभलपमेन्ट बैंकको ९७ हजार कित्ता सेयर लिलाम बढाबढमा, २५५ को सेयर १ सयमै

  २०७३ चैत ३ गते ८:४३     विकासन्युज

काठमाार्डौ । सप्तकाेशी डेभलपमेन्ट बैंकको ९७ हजार ५२६ किता सेयर लिलाम बढाबढमा विक्री खुला भएको छ । यो बैैंकले यही चैत्र २५ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्नुपर्ने गरी सूचना जारी गरेको छ ।

बैंकको पुस २४ गतेदेखि फागुन १ गतेसम्मका लागि खुला भएको हकप्रद सेयरको विक्री खुला गरेको थियो । यो समयमा आवेदन नपरेका ५६ हजार ७ सय संस्थापक र ४० हजार ८२६ सर्वसाधारण तर्फको सेयरको लागि बैंकले लिलाम बढाबढ गर्न लागेको हो ।

यो बैैंकको सेयरका लागि न्युनतमभ १ सय किक्ता सेयरमा एक सय भन्दा बढी मूल्यमा कबोल गर्नुपर्ने छ । १ सय भन्दा बढी कित्ता माग गर्नेले १० ले भाग जाने गरी अधिकतम ५६ हजार ७ सय कित्ताको लागि र साधारणर्फको ४० हजार ८२६ कित्ताकै लािग आवेदन दिन पाउने छ । यसकाे विक्री प्रवन्धक एनएमबी क्यापीटल लिमिटेड हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.