२०७३ चैत २ गते १५:५४ विकासन्युज
काठमाडौं । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक एक आपसमा मर्ज हुने भएका छन् । मंगलबार सम्पन्न ओमको बिशेष साधारणसभाले कम्पनीको उक्त मर्जरमा जाने प्रस्तावलाई पारित गरेको हो ।
साथै, सभाले यी दुई कम्पनी मर्जपछि १० बराबर ३ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैैकले हकप्रद सेयर र चालु आ.ब.को मुनाफाबाट बोनस सेयर जारी गरि बैंकको चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँ पुर्याउने भएको छ ।
पौष मसान्तको वित्तीय विवरण अनुसार बैंकको कुल निक्षेप १५ अर्ब २४ करोड रुपैयाँ र कर्जा १३ अर्ब २७ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । मनास्लु विकास बैंकले पनि चैत्र १ गते नै मर्जरको स्विकृतीको लागि बिशेष साधारण सभा सम्पन्न गरेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.