नेप्से परिसूचक ९ अंकले उक्लियो, सबै समूहका परिसूचक हरिया

<p>काठमाडौं । बुधबार नेप्से परिसूचक ९ दशमलब ४ अंकले उकालो लागेर १३५६ दशमलब १३ अंकमा पुगेको छ । बजारमा ३६ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १२६ कम्पनीको ८ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहका परिसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी [&hellip;]</p>

काठमाडौं । बुधबार नेप्से परिसूचक ९ दशमलब ४ अंकले उकालो लागेर १३५६ दशमलब १३ अंकमा पुगेको छ । बजारमा ३६ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १२६ कम्पनीको ८ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा कारोबार भएका सबै समूहका परिसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी हाइड्रो समूहको परिसूचक ६२ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा, होटल, बैंक र विकास बैंक समूहका परिसूचक क्रमशः ३७, १४, ७ र ०.८८ अंकले उकालो लागेका छन् ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंक लि. प्रमोटर सेयरको करिब ६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबारको तुलनामा सो बैंकको कारोबार रकम करिब १५ करोड रुपैयाँ घटेको छ । बुधबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५७७ रुपैयाँ रहेको छ ।

Share News