सबै टेलिकम कम्पनीले अनिवार्य सेयर जारी गर्नुपर्ने, समयसीमा २ वर्ष मात्रै

  २०७३ चैत २ गते ८:३९     विकासन्युज

काठमाडौं । निजी क्षेत्रका दुरसंचार कम्पनीहरु पब्लिकमा जानुपर्ने भएको छ । दूरसंचार कम्पनीहरुले आइपीओ जारी गर्नुपर्ने प्रावधानसहितको कम्पनी एेन २०६३ को पहिलो संशोधन पारित भएको छ ।

सोमबार कम्पनी ऐन, २०६३ लाई संसोधन गर्न बनेको विधेयकलाई व्यवस्थापीका संसदले पारित गरेको छ । सामोबार उद्योगमन्त्री नविन्द्रराज जोशीले भने । संशोधनमार्फत विभिन्न सुविधा र सरल प्रौवधान बनाएका छौं ।

निजी क्षेत्रका दुरसंचार कम्पनीलाई पब्लिकमा जानुपर्ने प्रावधान पनि एनेमा रखिएको उनले बताए । उनका अनुसार ५ करोडभन्दा धेरै चुक्ता पूजाी भएको दुरसंचार सेवाप्रैदायक कम्पनी अनिवार्य रुपमा २ वर्ष भित्र पब्लिकमा जानुपर्ने प्रावधान ऐनमा छ ।

कुनै पनि व्यवसायमा सर्वसाधारणको चासो धेरै हुन्छ भने त्यसमा पब्लिक सेयर हुनुपर्छ भनेर यो प्रावधान ल्याएको हो । अहिले नेपालमा ६ वटा दुरसंचार सेवाप्रदायक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.