२०७३ चैत १ गते १२:५८ विकासन्युज
काठमाडौं । लक्ष्मी बैंकलाई शतप्रतिशत (१ बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्डले मंगलबार उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।
बोर्डको अनमति अनुसार बैंकले ३ करोड १५ लाख ९० हजार ३०४ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । अंकित मूल्य १०० रुपैयाँ बराबरको ३ अर्ब १५ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको बैंकले जनाएको छ ।
हाल बैंकको बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटलले गर्दै आएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ बढी रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब १६ करोड रुपैयाँ नाग्ने छ । मंगलबार बैंकको सेयर प्रतिकित्ता ७०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.