२०७३ फागुन २७ गते १४:४८ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब अनलाईनबाटै सेयर खरिद बिक्री आदेश दिन सकिने व्यवस्था मिलाउन धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ । बोर्डले धितोपत्र कारोबार प्रकृयालाई थप सहज, पारदर्शी, सरल, छिटो छरितो र लगानीकर्तामैत्री बनाउन दलाललाई निर्देशन दिएको हो ।
बोर्डले लगानीकर्तालाई केवाइसीको आधारमा लगानीकर्ता स्वयंलाई प्रयोगकर्ता संकेत र पासवर्ड दिई इन्टरनेट मार्फत खरिद विक्री आदेश दिन सक्ने ब्यवस्था मिलाउन निर्देशन दिएको हो । सो व्यवस्था अनुसार लगानीकर्ताहरुले धितोपत्र कारोबार सम्वन्धी विवरण सूचना समेत इन्टरनेट मार्फत पाउन सक्ने छन् ।
बोर्डद्धारा जारी विज्ञप्तिअनुसार लगानीकर्ताहरुलेबाट इन्टरनेट मार्फत प्राप्त खरिद विक्री आदेशलाई समय प्राथमिकताको आधारमा खरिद बित्री प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था मिलाउन बोर्डले निर्देश गरेको छ ।
उक्त व्यवस्था अनुसार सेयर खरिद बिक्रीको अभिलेख ब्यवस्थित भई लगानीकर्ताले थप सुबिधा पाउने र सेयर कारोबारमा ब्यापकता आई नयाँ अध्याय थपिने बोर्डले जनाएको छ । साथै, यसबाट धितोपत्र सेयर कारोबार प्रकृयालाई थप सहज, सरल र छिटो छरितो हुने अपेक्षा गरिएको बोर्डका प्रवक्ता निरज गिरीले बताएका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.