२०७३ फागुन २७ गते ८:१७ विकासन्युज
काठमाडौं । नियामक निकायको निर्देशन कार्यान्वयन भएमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले संसारका जुनसुकै ठाँउबाट पनि नेपालमा सेयरको किनबेच गर्न सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले अनलाइनमार्फत सेयरको कारोबार गर्ने सुविधा लगानीकर्तालाई दिने गरी व्यवस्था गर्न धितोपत्र दलाल व्यवसायी हरुलाई निर्देशन दिएको छ ।
बोर्डले धितोपत्रको कारोबार प्रक्रियालाई सहज, पारदर्शी, सरल, छिटोछरितो र लगानीमैत्री बनाउँन भन्दै विहिबार यस्तो निर्देशन एिको हो ।
यसका लागि ब्रोकर कार्यालयमा रहने कारोबार सम्वन्धि अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्न धितोपत्र दलाल व्यवसायीहरुले हाल उपयोग गरिरहेको स्वीकृत ब्रोकर ब्याकअफिस सफ्टवेयरमासमेत आवश्यक सुधार तथा थप गर्नुपर्ने बोर्डले जानकारी दिएको छ ।
प्रणालीगत सुधार र पूर्वतयारी सकेर अनलाईनमार्फत सेयर कारोबार गर्ने व्यवस्थाको शीघ्र कार्यान्वयन गर्न बोर्डले परिपत्रमार्फत ब्रोकर कम्पनीलाई निर्देशन दिएको हो । नयाँ पत्रिका दैनिकबाट ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.