देबिन्द्र काउचाले ल्याए बचनले रेट्ने मायालाई नामक दोहोरी गीत

  २०७३ फागुन १२ गते १७:३२     विकासन्युज

काठमाडौं । प्रबासमा रहेर पनि आफ्नो कला संस्कृती मार्फत प्रबासी नेपालीको मन जित्न सफल देबिन्द्र काउचाले राम पुनको परिकल्पनामा बचनले रेट्ने मायालाई नामक दोहोरी गीत युट्युब सँगै बजारमा ल्याएका छन् । बैदेशिक रोजगारीको शिलशिलामा कोरियामा रहेका मिठो स्वरका धनी काउचाले यस अघि लोक गायक जितन भाइको सहकार्यमा हङकङको लाहुरे नामक दोहोरी गीत बजारमा ल्याइसकेका छन् ।

बैदेशिक रोजगारी सँगै काउचाले यस अघिनै बैंश छँदै र आँधी चलाएर गयौ नामक दुइ लोकगीतको एल्बम बजारमा ल्याइसकेका छन् । युवा गायक काउचाकै संगीत रहेको यो गीतमा टिका मास्की मगरको शब्द रहेको छ । काउचाले जुना श्रीस मगरको सुरिलो आवाजको साथ पाएकाछन् ।

देविन्द्र काउचाको आफ्नै युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेका छन् भने यसको निर्देशन प्रकाश भट्टले गरेका छन् । यसैगरि गायक काउचाले मायामाया, म त पीरमा छु लोक गीत तथा बेशीतिर झर लोक दोहोरी गीत छिट्टै नै बजारमा ल्याउन लागेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X