काठमाडौंमा जेठदेखी महानगरबस, एक सयवटा बस एकैपटक सञ्चालन

  २०७३ फागुन ४ गते ७:५८     विकासन्युज

काठमाडौं । सर्वसाधारण यात्रुको सहज यात्राका लागि उपत्यकाका २२ वटा नगरपालिकाको लगानीमा बससेवा सञ्चालन हुने भएको खबर आजको गोरखापत्रमा छ । जेठदेखि बस सञ्चालन गर्ने गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाका सबै नगरपालिकालाई सम्झौता गराएकोे छ।

बस सञ्चालनका लागि एक कम्पनी स्थापना गर्ने र कम्पनीमा ५० प्रतिशत नेपाल सरकारको लगानी रहनेछ भने बाँकी नगरपालिकाको लगानी रहने खाका तयार भएको छ। दश करोड रकम शेयरका रुपमा कम्पनीमा राखी बस सञ्चालन गरिने मन्त्रालयका सहसचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

यो कम्पनीले उपत्यकामा सुविधा सम्पन्न र ३० देखि ५० सिट क्षमताका एक सयवटा बस सञ्चालन गर्ने तयारी गरेको छ। उपत्यकाभित्र बाक्लो बस्ती बढ्दै गएको र सर्वसाधारणलाई सहज र सरल तरिकाले आवतजावतका लागि नगरपालिका र सरकारको पहलमा बस सञ्चालन हुने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।

श्रेष्ठका अनुसार कम्पनीमा काठमाडौं महानगरपालिकाले दुई करोड, ललितपुर उपमहानगरपालिकाले एक करोड, भक्तपुर नगरपालिकाले ६० लाख, कीर्तिपुर, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, नागार्जुन र मध्यपुर थिमिको ३५्३५ लाख रुपियाँ शेयर लगानी रहनेछ। त्यस्तै शंखरापुर, कागेश्वरी मनहरा, तारकेश्वर, चन्द्रागिरि, दक्षिणकाली, कार्यविनायक, गोदावरी, महालक्ष्मी, वज्रवाराही, अनन्तलिङ्गेश्वर, सूर्यविनायक चाँगु र नगरकोटले दश – दश लाख रुपियाँको सहभागिता जनाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.