२०७३ माघ २० गते १४:४० विकासन्युज
काठमाडौं । सेवा विकास बैंकका सिइओ महेशप्रसाद काफ्लेको कार्यकाल साढे २ वर्ष थपिएको छ । माघ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा काफ्लेको समय थप्ने निर्णय गरेको हो ।
काफ्ले प्रमुख कार्यकारी अधिकृत भएर बैंकमा एक कार्यकाल पुरा गरिसकेका छन् । बिहीबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले अझै २ वर्ष ६ महिना सो बैंकको सिइओ भएर काम गर्नेछन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.