सार्वजनिक लेखासमितिको सभापतिमा डोरप्रसाद उपाध्याय निर्वाचित, निर्वाचनमा राप्रपा विभाजित

  २०७३ माघ १७ गते १३:१९     विकासन्युज

dorprasad_upaddhyaकाठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका सांसद हुन ।

सभापति पदको निर्वाचनमा ३९ मत खसेकोमा उपाध्ययले २३ मत ल्याएर विजय भएको छन् । उनलाई नेपाली काँग्रेसले समर्थन गरेको थियो ।

सभापति पदको लागि उम्मेदवारी दिएका एमाले सभासद पशुपति चौलागाईले १६ मत पाएका छन् । यस निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पाटी विभाजित भएको छ । राप्रपाका दुई सांसदहरुले भने  चौलागाईको पक्षमा मतदान गरेका छन् ।

यसअघि माओवादीका सभासद् जनार्दन शर्मा सार्वजनिक लेखासमितिको सभापति थिए । उनी मन्त्री भएपछि करिब करिव ६ महिना सो पद खाली थियो । सत्तारुढ राप्रपाका दुई सांसदले विपक्षी उम्मेदवारलाई मतदान गरेसँगै संबिधान संसोधन प्रस्ताव समेत फेल हुने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.