सिद्धार्थ डेभलपमेन्ट बैंकको डेपुटी सिईओमा पवन ढकाल नियुक्त

  २०७३ माघ १४ गते १८:२९     विकासन्युज

siddhartha_bank_new_ceo_pawकाठमाडौं, १४ माघ । सिद्धार्थ डेभलपमेन्ट बैंकले डेपुटी सिईओमा पवन ढकाललाई नियुक्त गरेको छ । बैंकले यसै साता ढकाललाई डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

ढकाल यसअघि कैलाश विकास बैंकको असिष्टेन्ट जेनरल म्यानेजर थिए । ढकालले करिब २५ वर्ष बैंकिङ् क्षेत्रमा बिताएका छन् । स्ट्याण्डार्ड चाटर्ड बैंकबाट बैंकिङ् करिअर शुरु गरेका ढकालले सो बैंकमा करिब ८ वर्ष बिताएका थिए । उनले माछापुच्छ्रे बैंकमा १४ वर्ष काम गरेका थिए भने कैलाश विकास बैंकमा साढे ३ वर्ष सेकेन्ड म्यानको भूमिका निर्वाह गरेका थिए ।

ढकालले कैलाश विकास बैंकबाट राजीनामा दिइसकेका छन् । करिब एक महिनापछि उनले सिद्धार्थ डेभलपमेन्ट बैंकको डेपुटी सिईओको जिम्मेवारी सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.