गरिबी निवारण मन्त्रालय नै गरिब, मन्त्रालयनै बेकामे भएकोले खारेज गर्न मन्त्रीकै माग

  २०७३ माघ १४ गते ८:४२     विकासन्युज

gabirbi,-provertyministryकाठमाडौं १४, माघ । गरिबी निवारण गर्न गठित सहकारी तथा गरिबी निवारण मन्त्रालय बेकम्मा भएको छ । मन्त्रालयसँग काम नहुदा मन्त्रीसमेत आजित भएका छन् ।

गरिबका लागि सञ्चालन गरिने कुनै पनि कार्यक्रम यस मन्त्रालयसँग छैनन् ।

गरिबी निवारणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अर्थ, स्थानिय विकासलगायत मन्त्रालयले कार्यक्रम सञ्चालन गर्दै आएपनि मन्त्रालयले कुनै कार्यक्रम पाएको छैन ।

सरकारकै योजनाअनुसार मन्त्रालयले मुलुकका २५ जिल्लामा गरिबीको रेखामुनि रहेका जनताको पहिचान गरेको थियो ।

तर मन्त्रालयले कार्यक्रम त के गरिब परिचयपत्र वितरणसम्म गरेको छैन ।

२५ जिल्लामा ३ लाख ९७ हजार गरिब भेटिएपनि उनीहरुका लागि कार्यक्रम दिन नसकेको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले स्विकारे । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.