बुटवल पावर कम्पनीको २७ प्रतिशत लाभांश पास, ५७ मेगावाट क्षमतामा दुई जलविद्युत योजना बनाउने निर्णय

  २०७३ पुष ८ गते २०:०९     विकासन्युज

काठमाडौँ, ८ पुस । बुटवल पावर कम्पनी (बीपीसी) लिमिटेडले सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले सेयरधनीलाई आव ०७२/७३ को खुद मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश र खुद मुनाफा तथा सञ्चित कोषबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय गरेको छ ।

bpc

कम्पनीले आव ०७२/७३ मा खुद मुनाफा ५७ करोड ५९ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवको तुलनामा उक्त मुनाफा १९.९ प्रतिशतले बढी रहेको कम्पनीका अध्यक्ष पद्मज्योतिले जानकारी दिए ।
साथै कम्पनीले लमजुङमा ३० मेगावाट क्षमताको न्यादी र पाँचथरमा ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

निजी क्षेत्रको अग्रणी विद्युत् उत्पादन कम्पनी बीपीसीको शुक्रबार राजधानीमा सम्पन्न २४ औँ वार्षिक साधारणसभाले कम्पनी तथा सहायक कम्पनीमार्फत ती आयोजना निर्माण सुरु गर्न लागेको जानकारी दिएको छ । कम्पनीले १०० मेगावाट क्षमताको तल्लो मनाङ र ८.५ मेगावाट क्षमताको चिनोखोला जलविद्युत् आयोजना समेत अगाडि बढाउने भएको छ ।

कम्पनीबाट १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् केन्द्र र ९.४ मेगावाट क्षमताको आँधीखोला जलविद्युत् केन्द्र सञ्चालनमा छन् । कम्पनीले सहायक तथा सम्बद्ध कम्पनीमार्फत ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत् आयोजना र चार मेगावाटको खुदी जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ । ती आयोजना हाल सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.