अम्बिका पौडेलले दिए एनबी इन्स्योरेन्स कम्पनीबाट राजीनामा, अरुण फाइनान्सको नेतृत्व गर्दै

  २०७३ पुष ७ गते १६:०९     विकासन्युज

ambikaकाठमाडौं, ७ पुस । एनबी इन्स्योरेन्स कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राजीनामा दिएका छन् । तर उनको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छैन ।

स्रोतका अनुसार मंसिर १७ गते कम्पनीको १८ औं र १९ औं साधारणसभा सम्पन्न भएपछि पौडेलले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । आफू अन्य काममा व्यस्त भएको जनाउँदै पौडेलले राजीनामा गरेको बताएका छन् ।

सञ्चालक समितिले पौडेललाई राजीनामा फिर्ता गर्न सुझाव दिएको छ । बीमा समितिले समस्याग्रस्त घोषणा गरेको र बन्द अवस्थामा रहेको एनबी इन्स्योरेन्स कम्पनीलाई सञ्चालनमा ल्याउने र सामान्य अवस्थामा फर्काउन पौडेलले महत्वपूर्ण योगदान गरेको बताइएको छ ।

पौडेलको राजीनामा स्वीकृत गरि सो ठाँउमा आईएमई ग्रुपका हेमराज ढकाल आउन सक्ने अनुमान गरिएको छ ।

सम्बद्ध स्रोतका अनुसार अम्बिका पौडेलसहित आईएमई ग्रुपमा आवद्ध व्यक्तिहरुले समस्याग्रस्त अरुण फाइनान्समा प्रमोटर सेयर लिएका छन् । विहीबार मात्र पौडेल अरुण फाइनान्सको अध्यक्षमा चयन भएका छन् । राष्ट बैंकले समस्या ग्रस्त घोषणा गरेको यो फाइनान्सले नयाँ नेतृत्व पाए लगतै समस्याग्रस्त सूचिबाट हटाउने तयारी गरेको छ ।

संसद्बाट पारित हुने अन्तिम चरणमा रहेको बैक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमा एउटै व्यक्ति बैंक र बीमा कम्पनीको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था गरेकोले पौडेलले इन्स्योरेन्स कम्पनीबाट राजीनामा दिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.