बैंक अफ काठमाण्डू लुम्बिनीको ब्राण्ड एम्बेसेडरमा धुर्मुस र सुन्तली

  २०७३ पुष ७ गते १३:२२     विकासन्युज

काठमाडौं, ७ पुस । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले समाज सेवीएवं हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ । सो सम्बन्धि सम्झौतामा दुई पक्ष बिच हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र कलाकार सीताराम कट्टेलले उक्त सम्झौताम हस्ताक्षर गरेका छन् ।

bok_brandambassdor_dhurmus_

नवनियुक्त ब्राण्ड एम्बेसेडरहरुले टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइन संचार माध्यमबाट एकीकृत रुपमा बैंकको प्रवद्र्धन गर्ने बैंकले जनाएको छ । बैंकले “वचत नै हो धन, सुनौलो भविष्य, सजिलो जीवन ” नारालाई कार्यरुप दिने लक्ष्य लिएको छ ।

हस्ताक्षरका अवसरमा प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले कलाकारद्वय सँगको सहकार्यले बैंकलाई दीर्घकालीन सहयोग पुग्ने बताएका छन् । त्यस्तै, सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफूहरुलाई बैंकले ब्राण्ड एम्बेसेडर नियुक्त गरेकोमा प्रसन्नता व्यक्त गर्दै आफूले सक्दो सहयोग दिने बतााएका छन् ।

बैंकका अनुसार बैंकको सेवा र क्षेत्र विस्तार हुँदै गएको र सर्वसाधारणमा बढी मात्रामा वित्तीय पँहुच पुर्याउने उद्देश्यले कलाकारिताको माध्यमबाट पनि योगदान गर्न हास्य कलाकारद्वयलाई सहयोगीको रुपमा नियुक्त गरिएको हो ।

बैंकले आर्थिक बर्ष २०७३/७४को पहिलो त्रैमासिकमा २७ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकको ७४ शाखा ६६ एटीएम् र ७ वटा एक्सटेन्सन काउन्टर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.