नागबेली लघुवित्तले ६० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर दिने

<p>काठमाडौं, ५ पुस । नागबेली लघुवित्त विकास बैंकले ६० प्रतिशत बोनस सेयर र शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । पुस ४ गते बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको नाफाबाट ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । त्यस्तै, कम्पनीले शप्रतिशत हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको छ । कम्पनीले [&hellip;]</p>

nagbeli_laghubittaकाठमाडौं, ५ पुस । नागबेली लघुवित्त विकास बैंकले ६० प्रतिशत बोनस सेयर र शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । पुस ४ गते बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको नाफाबाट ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

त्यस्तै, कम्पनीले शप्रतिशत हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको छ । कम्पनीले पुँजी वृद्धिको योजनासहित हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बोनस सेयर र हकप्रद सेयर जारी प्रयोजनका लागि नागबेलीले आगामी पुस २९ गते सातौं बार्षिक साधारण सभा समेत बोलाएको छ ।

त्यस बाहेक नागबेलीले सोही साधारण सभाबाट कार्य क्षेत्र विस्तारका योजना समेत पारित गर्ने योजना बनाएको छ । कार्य क्षेत्र विस्तार गरेर कम्पनीले १० जिल्लामा सेवा सञ्जाल पुर्याउने छ ।

Share News