महिला तस्करी रोकिएन, प्रतिवन्धित मुलुकमा नयाँ रुट बनाएर तस्करी हुँदै

  २०७३ पुष ४ गते ८:२७     विकासन्युज

काठमाडौं ४, पुस । सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशमा तस्करहरूले नयाँ रुटमार्फत पठाउने गरेको पाइएको छ। सो गिरोहका तीन सदस्य पक्राउ परेपछि रुटबारे खुलासा भएको हो। तस्करहरूले स्थलमार्गबाट भारत, श्रीलंका हुँदै कुवेत, ओमनलगायतका देशमा पठाउने गरेको पाइएको हो।Baidesik-Rojgari-Manpawar

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करहरूले युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर लाने गरेको जनाएको छ। नवलपरासी दुम्कीवास–३ का ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फूलबारी–७ का ४६ वर्षीय पूर्णबहादुर लिम्बू र रूपन्देही गंगोलिया–६ का ४१ वर्षीय हरिप्रसाद थारू पक्राउ परेसँगै युवतीहरूलाई लैजाने रुटबारे प्रहरीले जानकारी पाएको हो।

ब्युरोकी प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० मीरा चौधरीका अनुसार उनीहरूले अपराध स्वीकार गर्दै ६ महिलालाई नक्कली कागजात बनाएर रूपन्देहीको बेलहिया नाका हुँदै भारतको नयाँ दिल्लीबाट सीधै श्रीलंका पठाउने गरेको बताइन्।

सो गिरोहले त्यहाँ केही दिन राखेर कुवेत, ओमन र दुबईमा घरेलु कामदारका रूपमा पठाउने गरेको पाइएको पनि उनले बताइन्। सो सिलसिलामा उनीहरूले ४५ दिनसम्म विभिन्न मुलुकमा बन्धकजस्तै बनाएर राख्ने गरेको पनि उनको भनाइ छ।

एसपी चौधरीका अनुसार युवती तस्करहरूले विपन्न परिवारहरूलाई आर्थिक प्रलोभनमा पारेर तस्करी गर्दै आएका छन्। यो काम पहिलो भने होइन। उनीहरूले नेपालगन्ज, भैरहवा, वीरगन्जजस्ता नाकाबाट बसमै हालेर दिल्ली लैजाने र त्यहाँबाट श्रीलंका हुँदै कुवेत ओमनजस्ता मुलुकमा पठाउने गरेका छन्। राजधानी दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.