साङयाङको नयाँ शोरुम उद्घाटन, क्रिशमस र नयाँ वर्षमा ५ लाख छुट अफर

  २०७३ पुष ३ गते १६:२७     विकासन्युज

काठमाडौं, ३ पुस । कोरियाली कार उत्पादक कम्पनी साङयाङको नयाँ शोरुम उद्घाटन भएको छ । नेपालका लागि कोरियाली राजदुत चो यांगले नक्सालस्थित नयाँ शोरुमको उद्घाटन गरेका हुन् । नेपालमा साङयाङ कारको आयात कर्ता आइएमएस मोटर्स प्रालीले नयाँ शोरुमको सुरुवात गरेको हो । शोरुमको उद्घाटनसँगै क्रिशमस र नयाँ बर्ष २०१७ को उपलक्ष्यमा साङयाङ कारको खरिदमा नगद ५ लाखसम्म छुट अफर पनि घोषणा गरिएको छ । यस्तो छुट अफर १८ डिसेम्बरदेखि ६ जनवरीसम्म लागु हुनेछ ।

ims_news_showroom

शोरुम उद्घाटन गर्दै नेपालका लागि दक्षिण कोरियाका राजदुत चो यांग जिनले कोरियाली जनताले जस्तै नेपाली जनताले पनि साङसाङ कार चढेर सुरक्षा र आनन्द महशुस गर्न सक्ने दावी गरेका थिए । यसैगरी, आइएमएस मोटर्स्ले नेपालका मुख्य शहरहरुमा आफ्ना डिलरहरुको उपस्थिति बढाएर बजार विस्तार अभियानलाई तिब्र बनाउने बताए ।

ims_news_showroom1

साथै, निकट भविष्यमा कम्पनीले एक्स्क्लुसिभ साङयङ सर्भिस सेन्टरको सुरुवात गर्ने समेत घोषणा गरेको छ ।
आइएमएस मोटर्सका अध्यक्ष दिपक मलहोत्राले आक्रामक बजार विस्तार अभियान सञ्चालन गर्ने बताएका थिए ।
हाल नेपालमा साङयङका एक्सएलभी, कोराण्डो, रेक्सटन, एक्टियोन लगायतका लक्जरी एसयुभी कार उपलब्ध गराएको छ ।

साङयङका कारहरुमा अल्ट्रा हाई स्ट्रेन्थ, बुटस्पेश, डुअल अटोमेटिक एसी, ब्ल्युटुथ कनेक्टिभीटी लगायतका सुबिधा रहेका छन् । साङयङ मोटर कम्पनी दक्षिण एसियाको चौथो ठूलो अटोमोबाइल उत्पादक कम्पनी हो जसलाई कोरियाको एसयूभी एक्स्पर्ट भनेर पनि चिनिन्छ । कम्पनीले विभिन्न मोडलका लक्जरी कार, एसयूभी, पिक-अप ट्रक, भ्यान, ट्रक तथा बसहरु निर्माण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.