नेप्से परिसूचक सामान्य अंकले वृद्धि, ६२ करोडको सेयर कारोबार

  २०७३ पुष ३ गते १६:१५     विकासन्युज

nepse_sundayकाठमाडौं, ३ पुस । लगातार घटिरहेको सेयर बजारमा केही सुधार आएको छ । आइतबार नेप्से परिसूचक १ दशमलब २९ अंकले बढेर १५३१ दशमलब ३५ अंकमा पुगेको छ । बजारमा परिसूचक साथै कारोबार रकममा पनि केही सधार भएको छ । सो दिन १३३ कम्पनीको ७५ लाख २४ हजार कित्ता सेयर ६२ करोड २० लाख २२ हजार रुपैयाँमा किनबेच भएको छ ।

सो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । १५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको बैंकको सेयरको मूल्य प्रतिकित्ता ३ हजार २९९ रुपैयाँ रहेको छ ।

आइतबार बीमा, होटल र अन्य समूहको परिसूचक बाहेक कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । बीमा, होटल र अन्य समूहको परिसूचक क्रमशः ७२, ९ र २ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक १३ दशमलब ३५ अंकले घटेका छन् ।

अल्पाइन डेभलपमेन्ट बैंक र एनबी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । त्यस्तै, प्रोगेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.