लुम्बिनी फाइनान्स एण्ड लिजिङको ३६ प्रतिशत लाभांशलाई राष्ट्र बैंकको स्वीकृति

  २०७३ पुष ३ गते १३:५५     विकासन्युज

lumbini-finance-and-leasingकाठमाडौं, ३ पुस । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको सेयरधनीलाई ३६ दशमलब ७९ प्रतिशत लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले ३५ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ७९ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश वितरण गर्ने प्रस्ताव राखेको थियो ।

नेपाल राष्ट्र बैंकद्धारा स्वीकृत उक्त प्रस्तावलाई अब कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । उक्त सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.