वोमी माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांश पारित, निर्देशकमा चार जना नियुक्त

  २०७३ पुष ३ गते १३:४१     विकासन्युज

womi_microfinकाठमाडौं, ३ पुस । वोमी माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांश पारित भएको छ । वोमीको सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र एक दशमलब ११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)लाई मंसिर ३० गते बसेको बैंकको वार्षिक साधारणसभाले पारित गरेको हो ।

साथै, उक्त सभाले बैंकको निर्देशकमा बिन्दिया प्रदान, विमला उपाध्याय घिमिरे र किशोरी थापालाई नियुक्त गरेकोे छ । ३ करोड ६० लाख चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा एक करोड ७७ लाख नाफा कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.