सप्तकोशी डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस सेयर

  २०७३ पुष ३ गते १०:५७     विकासन्युज

saptakoshi_dev_bankकाठमाडौं, ३ पुस । सप्तकोशी डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले आफ्नो चुक्ता पुँजी १० करोडको ११ प्रतिशतले हुन आउने एक करोड १० लाख रुपैैंयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको छ । सो सम्बन्धि प्रस्ताव बैंक सञ्चालक समितिले पास गरिसकेको छ भने आगामी पुस २८ गतेका लागि डाकिएको चौथो साधारण सभामा पेश गरिनेछ ।

त्यस्तै, बैंकले एक बराबर एक दशमलब ३ प्रतिशतका दरले हकप्रद सेयर पनि निष्काशन गर्ने भएको छ । सो सम्बन्धि प्रस्ताव पनि बैंक सञ्चालक समितिले पास गरेर साधारण सभामा पठाइएको छ । बैंकले पुस ८ गतेदेखि २८ गतेसम्मका लागि बुक क्लोजको घोषणा समेत गरिसकेको छ ।
हाल बैंकको सेयर प्रति कित्ता ४४६ रुपैंयाँमा कारोबार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.