सप्तकोशी डेभलपमेन्ट बैंकको १० लाख कित्ता हकप्रद सेयर निष्कासन, पुस २४ देखि आवेदन दिन पाइने

  २०७३ पुष ३ गते ८:४९     विकासन्युज

काठमाडौं ३, पुस । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले १० लाख कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । विराटनगरमा केन्द्रीय कार्यालय रहेको यो बैंकले एक सेयर बराबर एक सेयर नै दिने गरी शत् प्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ ।
saptakoshi_dev_bank
यो बैंकले एक सयर रुपैयाँ अंकित १० लाख कित्ता हकप्रद साधारण सेयरको निष्कासन खुला गरेको हो । बैंकले यही पुस ८ गते सेयरधनी दर्ता किताब बन्द गरिएकोले सो मिति भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउने जानकारी दिएको छ ।

यो बैंकले आगामी पुस २४ गतेदेखि फागु १ गतेसम्म हकप्रद सेयरको आवेदन दिइसक्नुपर्ने बताएको छ । यो बैंकले सप्तकोशीका सबै शाखा र एनएमबी बैंकका काठमाडौं र बाहिरका शाखाबाट सेयरको आवेदन दिन सक्ने बताएको छ । यो बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापटिल लिमिटेड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.