भार्गव विकास बैंकले २० प्रतिशत बोन सेयर दिँदै, पुस २३ गते साधारण सभा आव्हान

  २०७३ पुष २ गते १२:३६     विकासन्युज

काठमाडौं २, पुस । भार्गव विकास बैंकले चुक्ता पूँजी १२ करोड रुपैयाँको २० प्रतिशत वोनस सेयर जारी गर्ने भएको छ । बैंकको संचालक समितिबाट भएको बोनस सेयरको स्वीकृति गर्ने, उपयुक्त वित्तीय संस्थासँगको मर्जर वा एक्विजिसनको स्वीकृतिका लागि बैंकले साधारण सभावबाट पारित गराउने भएको छ । bhargav-bikas-bank

बैंकले सो साधारण सभाबाटै विशेष प्रस्तावमार्फत यस्तो निर्णयको स्वीकृति लिने भएको छ । बैंकले पुस २३ गते शनिबार नेपालगन्जको कृष्ण होटलमा साधारणसभा बोलाएको छ ।
सभाबाट गत आर्थिक वर्षको नाफा नोक्सानसहितको वित्तीय अवस्थाको प्रस्ताव पनि पारित गराउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.